काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बढ्दै गरेको सुनको मूल्यले आज हाल सम्मकै नयाँ उचाइ कायम गरेको हो ।
सोमबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख २१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।