हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ७१ करोड ७४ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । आज साँझ ५ः१२ बजेसम्ममा २८ हजार ४७९ जना आवेदकले ३४ लाख ८२ हजार ९०० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।

कम्पनीले मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसपछि सर्वसाधारणमा आईपीओ खुला हुनेछ । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स