त्रिभुवन विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । ती यात्रुले पावरब्यांकमा आइप्याड जोडेर चलाइरहेका बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको हो ।

विमानमा चढ्नुअघि ती यात्रु प्रतिक्षालयमा बसिरहेका थिए । सोहि क्रममा यात्रुको पावरब्यांक पड्किएर ह्याण्डब्यागमा आगो लागेको हो ।

आगो लागेपछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

उक्त आगोलागि बाट कुनेपनि क्षति भने हुन नपुगेको र ती यात्रु पनि सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स