मन्जुश्री फाइनान्सको लाभांश घोषणा

काठमाडौं । मन्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रहेको छ

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स