एनएमबि बैंकका सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । एनएमबि बैंकका सेयरधनीहरुको हात खाली हुने भएको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।

बैठकले आर्थिक वर्ष २०७९/८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

अन्य वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि पारित गर्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स