काठमाडौं । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको हो ।
नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटाले जनाएको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको विज्ञप्तिमा उल्लेख छ ।
हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत र मलेसियाको आजियाटा ग्रूप बरहदको ८० प्रतिशत सेयर स्वामित्व छ।
एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।
८ वर्ष अगाडी आजियाटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो।