पहिलो ३ महिनामा निक्षेप संकलको तुलनामा कर्जा प्रवाह ४ गुणाले बढ्दा बैंकहरुले ब्याज बढाए

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ४ गुणा बढी देखिएको हो ।

चालु आवको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले ६७ अर्ब २६ करोड निक्षेप संकलन गरेका छन् । सोही अवधिमा बैंकहरुको कर्जा प्रवाह भने २ खर्ब ७७ अर्ब ४७ करोड कर्जा प्रभाव भएको छ ।

निक्षेपको तुलनामा कर्जाको माग उच्च भएकाले बैंकिङ क्षेत्रमा तरलताको चाप देखिएको थियो । तरलता पूर्तीका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । बैंकहरुले कार्तिक महिनाको लागि निक्षेपमै ११.१० प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेका थिए । बढ्दो ब्याजदरको चौतर्फी विरोध हुन थालेपछि नियामक नियाक राष्ट्र बैंकले कार्तिक २ गते ३ बुँदे परिपत्र जारी गर्दै अघिल्लो महिनाको तुलनामा ब्याजदरलाई १० प्रतिशतभन्दा धेरैले नबढाउन निर्देशन दिएको थियो ।

र, बैंकहरुले राष्ट्र बैंकको निर्देशन आएको २४ घण्टा भित्र पुन नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा संकलन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स