लक्ष्मी श्रेष्ठ
काठमाडौं । नेपाल फाइभ स्टार अस्पतालको रुपमा स्थापित नर्भिक इन्टरनेशल अस्पतालमा वर्षभरिनै विरामी चाप उत्तिकै रहने अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । अबको डेढ वर्षमा ३ सय शैयाको अस्पताल बनाउन अहिले पूर्वाधार निर्माण कार्य भइरहेको छ । अस्पतालले आफ्नो सेवालाई विस्तार गर्नको लागि भवन निर्माण गरिरहेको हो । पूवार्धार भवन तयार भएपछि अस्पतालको क्षमता अझ बढ्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले हाम्रोअर्थलाई बताए ।
‘हाल नर्भिक अस्पतालामा जम्मा २ सय शैया रहेको छ । क्षमता विस्तार भएपछि नर्भिक ३ सय शैयाको पुग्छ’, उनले भने ‘शैयाहरू वर्षभरिनै खाली हुँदैन, नर्भिक बेड पाउनको लागि कुर्न पर्छ ।’ वर्षभरी नै भरिभराउ हुने नर्भिकमा मुस्किलले २ महिना सहजै विरामीले शैया पाएपनि अन्य समयमा भने त्यति सहज नहुने उनले जानकारी दिए ।
‘नर्भिकले दिने गुणस्तरीय सेवाका कारण अस्पतालमा विरामीको आकर्षण बढेको हो,’ उनले भने ‘अस्पतालमा मध्यम वर्गीय परिवारको चाप बढी छ । नर्भिकका ८० प्रतिशतभन्दा बढी विरामी मध्यम वर्गीय हुन् ।’ हिजोका दिनमा उपचार गर्न इन्डिया जानुपर्ने बाध्यता थियो । अहिले त्यो अवस्था कम भएको छ । अब नेपालमै सबै रोगका विरामीको उपचार गर्न सक्ने अवस्था बनेको छ । विभिन्न रोगले थलिएका विरामीलाई नेपालमै सेवा सुविधा दिन सक्यो भने विरामीलाई पनि सहज हुने थियो भने खर्च पनि कम लाग्ने उनको भनाइ छ ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन सक्ने गरी अस्पतालको क्षमता बढायो भने विदेशमा उपचार गराउन जाने कम हुने थियो । कतिपय उपचार यहाँ सम्भव नै छैन् । कतिपय विरामीमा आफन्तले विरामीलाई बाहिर नै लगेर उपचार गर्न खोज्नु हुन्छ ।
धेरै क्रिटिकल अवस्थाको विरामी नर्भिक अस्पतलमा उपचार गर्न भर्ना भएर निको भएर गएका छन् । एउटा क्यान्सर रोगको रेडियो थेरापी बाहेक अन्य रोगको उपचार यहाँ नै हुन्छ । यसले गर्दा अन्य रोगका विरामीहरू अन्य देशमा उपचार गर्न जानु पर्ने अवस्था छैन् । । विरामी आफैले अन्य मुलुकमा गएर उपचार गर्ने चाहना भएका विरामी भने बाहिर जाने पनि गर्नु भएको छ ।
विरामीको परिवारले हामी अलि सेवा सुविधाले सम्पन्न भएको अस्पतालमा जान्र्छौ भनेमा हामीले त्यसमा केहि गर्न सक्दैनौ र रोक्दा पनि रोक्दैनौ । नर्भिकको रेस्क्यू टिम सबैभन्दा बलियो छ, चुस्त छ । त्यहि हुनाले पनि बाहिर उपचारका लागि विरामी लैजादा नर्भिकको रेस्क्यू टिमले सपोर्ट गर्ने गरेको छ ।
रेस्क्यू टिमले एम्बुलेस, हेलिकप्टर तथा हवाई जहाजबाट सर्भिस दिन्छ । सांसद चन्द्र भण्डारीको उपचार कीर्तिपुरको एक अस्पतालमा भएपनि इण्डिया लादा नर्भिककै रेस्क्यू टिमले त्यहाँ पुर्याएको हो ।
अब उपत्यका बाहिरा विराटनगर र भैरहवामा नर्भिक अस्पतालको निर्मााण कार्य हुँदैछ । थापाथलीको निर्माणाधीन अस्पताल सम्पन्न भएपछि बाहिरको प्लानिङमा हात हाल्ने हो । हाम्रो कुल साढे ६ अर्बको प्रोजेक्ट हो’, सीईओ मिश्रले भने ।
नेपालमा अस्पतालहरूको क्षमता बढ्दै गएको छ । यी अस्पतालमा सेवाको गुणस्तर पनि बढदै गएको छ । धेरै मानिसहरूले रोजगारी पाएका छन् ।
विरामीहरू काठमाडौंको प्राय सबै अस्पतालमा उपचार गर्न जान्छन् । अन्य अस्पतालमा रोग निको नभएपछि नर्भिक अस्पतालमा आउने हुन् । सरकारी अस्पतालको तुलनामा नर्भिक अस्पताल महँगो भएपनि नर्भिकजस्तै सुविधा सम्पन्न अन्य निजी अस्पतालको तुलनामा नर्भिक नै सस्तो छ ।
नर्भिक अस्पताल महँगो छ भनेर केको आधारमा भन्ने, ८० प्रतिशत विरामी मध्यम वर्गका छन् । शैयाको ३५ सय रुपैयाँ तिरेर राम्रो उपचार गर्न पाइन्छ भने यो कसरी महँगो भन्न मिल्छ र ? उनले प्रतिप्रश्न गरे । हा,े सरकारी अस्पतालको तुलनमा भने यो केहि महँगो हुन्छ नै र यो हो पनि । सरकारी अस्पतालसँग तुलना गर्दा मात्रै महँगो हो अन्य समाकक्षीहरूसँग तुलना गर्दा यहाँ सस्तोमा नै उपचार भइहरेका छ ।
नेपालमा धेरै प्राइभेट अस्पतालहरू बनेको छ । सरकारी अस्पतालहरू निजी अस्पतालले दिने सेवा सुविधा दिन सक्ने अवस्थामा छैनन् । गुणस्तरीय सेवाकै कारण निजी अस्पताल महँगो हो । नर्भिकमा विरामीले उपचार गर्नलाई बेड पाउनै गाह्रो छ । विरामीको चाहना अनुसारको बेड दिन सकिने अवस्था छैन् । सधै बिरामीको संख्या धेरै नै हुन्छ ।
एउटा मुटु रोगीले नर्भिक उपचार गराउँदा कतिसम्मको खर्च गर्नुपर्छ भन्ने हाम्रोअर्थको प्रश्नमा सीईओ मिश्रले भने –विरामीको उपचार रोग हेरेर हुन्छ, अस्पतालमा कति समय बस्नु पर्छ र कतिपय केसमा विरामीलाई प्रयोग गर्ने उपकरणको आधारमा पनि अस्पताल खर्च तलमाथि हुने गरेको छ ।
‘उपचार खर्च यति नै भन्ने हुँदैन,’ उनले भने ‘सामान्य मुटु रोगी विरामीको उपचार २ देखि ५ लाखसम्म गर्न सकिन्छ । मुटुको भल्भ फेर्नुपर्ने विरामी रहेछ भने कस्तो भल्भ फेर्ने भन्ने हुन्छ । ४० हजार जाने फेर्ने कि ५लाख जाने ? बजारमा ४० हजारदेखि ५ लाख वा सोभन्दा बढी मूल्य पर्ने भल्भ पाइन्छ । त्यसले उपचार खर्चमा फरक पार्ने हो ।
‘नर्भिकले क्यान्सर भएका विरामीको उपचार गर्न छुट्टै नयाँ भवन बनाउने तयारीमा छ । अहिले सञ्चालन भएको प्रोजेक्ट सकिएपछि त्यसको काम सुरु हुनेछ ।