काठमाडौं । अमेरिकी डलरको भाउ केही सम्हालिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार (मंसिर १३ गते) १ डलरको भाउ (बिक्रीदर) १३३.६४ रुपैयाँ कायम भएको छ । खरिददर पनि १३३.०४ रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार (मंसिर १० गते) १ डलरको भाउ (बिक्रीदर) १३३.७० रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । यही उच्च भाउ दुई दिनसम्म स्थिर रहेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।