नर्भिकबाट मात्रै मासिक विदेशिन्छन् करिब ४० नर्स, केहि वर्षपछि नर्स पनि आयात गर्नु पर्ने बाध्यता

काठमाडौं । पछिल्लो केहि वर्षयता निजी मेडिकल कलेजले नर्स अध्ययन गराउन नपाउँदा तथा भएका नर्स समेत विदेश पलायन हुँदा अस्पतालमा नर्सको अभाव हुन थालेको छ । देशको आवश्यकता अनुसार नयाँ नर्स उत्पादन हुन नसकेको र भएका नर्स समेत पलायन हुँदा देशमा नर्सहरूको अभाव देखिएको हो ।

निर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले नर्भिकबाट मात्रै मासिक ३५÷४० नर्स बाहिरिन थालेको बताए । त्यसै त नेपालमा मेडिकल पेशाकर्मीहरूको सधै अभाव हुने गरेको छ’, उनले भने ‘ नयाँ उत्पादन नहुने र भएका पनि पलायनपछि नर्सको अभाव हुनु स्वभाविकै हो । नर्भिकबाट मात्रै मासिक करिव ४० जना नर्स बाहिरिने गरेका छन् भने अन्य अस्पतालको हालत पनि त्यस्तै हो ।’ नर्सहरू अमेरिका, युके, क्यानडा, अष्ट्रेलिया, दुवई लगायतका देशमा गएका छन् ।

राज्यले यस विषयमा सोचेर नीतिगत व्यवस्था गरेन भने अबको केहि वर्षमा नर्स पनि विदेशबाट ल्याउनु पर्ने बाध्यता हुन्छ । ‘यस विषयमा सरकार गम्भिर भएर नलागे यो दिन पनि आउँछ’, उनले भने ‘त्यसैले अब राज्यले तत्काल त्यता ध्यान दिन जरुरी छ ।’

अध्ययन गर्न विदेशमा गएका नर्सहरूलाई स्वदेशमा नै फर्काउन आवश्यक छ । किन भने अन्य मुलुकमा पनि नेपालका नर्सहरू माग धेरै बढेको छ । नर्भिक जस्तै अन्य अस्पतालबाट पनि धेरै गएका छन् । बन्द भएका मेडिकल कलेजहरू चाँडै संञ्चालन गर्न आवश्यक छ । मेडिकल क्षेत्र यस्तो त्यस्तो क्षेत्र हो जहाँ अहिलेसम्म डक्टरले पुगेको छैन् । ग्रामीण क्षेत्रमात्र होइन सहरी क्षेत्रका अस्पतालहरूमा पनि आवश्यकता अनुसार डाक्टर नर्स छैनन्, कम मात्रमा छन् ।

सरकारले प्रत्येक गाउँपालिकामा अस्पताल बनाउँदै छ, सामान्य विरामाीको उपचार गर्न कहाँबाट ल्याउनु डक्टर ? प्रत्येक अस्पतालमा डाक्टर नर्स हुनलाई अझ धेरै मेडिकल कलेजहरू संञ्चालन हुन आवश्यक छ । अझ भन्नु नै पर्दा मेडिकल अफिसर भन्दा पनि नर्सको आवश्यकता बढी छ ।

अब डाक्टर नर्सलाई पढाउन सकिएन भने भोलिका दिनमा अस्पतालहरूमा विरामीहरूलाई समयमा सेवा सुविधा दिन तथा उपचार गर्न समस्या आउन सक्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स