काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता २११ रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २०८.९१ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर भोलि मंसिर १३ गते कम्पनीको कारोबार खुल्ने छ ।