नेप्सेमा त्रिशूली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा त्रिशूली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । नैप्सेले कम्पनीको सेयर कारोबारका लागि ‘टीभीसीएल’ संकेत तोकिएको छ ।

त्रिशूली जलविद्युत कम्पनीको आईपीओ ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जारी भएको थियो । यसमा कर्मचारीसहित सर्वसाधारणको हिस्सा २०५ र संस्थापक सेयरधनीको हिस्सा ८०५ रहेको छ ।

कम्पनीको सेयर सूचीकृत भएसँगै भोलि बुधबारबाट कारोबारमा आउने छ । बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स