करिब साढे १ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४७ लाख २७ हजारको कित्ता सेयर १ अर्ब २८ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ६ करोड ५८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ४६ लाख, ग्लोबल आईएमई बैंकको ३ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स