पर्यटन सञ्जालमार्फत जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्रीलाई राहत हस्तान्तरण

काठमाडौं । होटल संघ नेपालको संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल पर्यटनका लागि सँगसँगै ले सोमबार सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भेटी जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्रीबाट राहत सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै भूकम्प पीडितको जीवनयापनमा प्राप्त सहयोगबाट सहजता हुने बताए । साथै उनले पर्यटन क्षेत्रका छाता संगठनहरुको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताए ।

पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८ सय ७८ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख बराबरको एक्रिलिक पन्चु ः ५०० थान र लाइभ सेभर वाटर फिल्टर ः १५ वटा साथै स्कल नेपालको तर्पmबाट ५ लाख बराबरको ब्लयांकेट ः २४० थान, स्लिपिङ व्याग ः १०० थान, ह्विल चियर ः ५ थान, स्ट्रेचरः ५ थान, प्रोटेक्टिभ सुट ः २० थान सामग्रीसहित नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाख बराबरको नगद जिन्सी रहेको थियो ।

उक्त अवसरमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारी, टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण आचार्य, स्कल नेपालका अध्यक्ष महेन्द्रराज पौडेल र होटल संघ नेपालका निवर्तमान अध्यक्ष सृजना राणा, द्वितीय उपाध्यक्ष दिनेश तुलाधर र कोषाध्यक्ष युवराज श्रेष्ठलगायतले संयुक्त रुपमा नगद र जिन्सी गरी करिब ३० लाख बराबरको राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेका थिए ।

साथै, बढ्दो जाडो याममा भूकम्प पीडितहरुलाई न्यानो कपडा, ओढ्ने कम्बल, ओछ्याउने म्याट्रेस, शौचालय प्यान, एकमुखे चुल्हो लगायतका सामग्री संकलित रकमबाट खरिद हुनु उपयुक्त देखिएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी शीप अभिवृद्धि तालिम सञ्चालन गरी सिक्दै कमाउँदै भबचल ७ भिबचल को अवधारणा अन्तर्गत कार्यक्रमहरु छिट्टै सञ्चालन गरी भूकम्प पीडितहरुलाई जिविकोपार्जनमा सहयोग पु¥याउने पनि जानकारी गराए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स