नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म ७.१६ गुणाबढी आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्ममा ७ लाख ५२ हजार ११९ जना आवेदकले ८१ लाख ७१ हजार ९२० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ७.१६ गुणा बढी हो ।

कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका आईपीओ निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले मंसिर १३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स