सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ आयोजना गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विगतका वर्षहरु झैं यस वर्ष पनि ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ आयोजना गर्ने भएको छ । कम्पनीले मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा विभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको छ ।

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स