एक कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख १७ हजारको कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर स्यांगे हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । अभियान लघुवित्तको ७.७२%, माथिलो मौलुङको ७.४९%, शुभम पावरको ६.१३%, विशाल बजारको ६.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको ८.०४%, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको ५.६८%, स्वरोजगार लघुवित्तको ५.१७%, मिर्मिरे लघुवित्तको ४.५३%, थ्री स्टार हाइड्रोपावरको ३.८२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स