काठमाडौं । वाणिज्य बैंकहरूको अन्य सञ्चालन आय १ अर्ब नाघेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको अन्य सञ्चालन आय १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा बैंकहरूको यस्तो आय १ अर्ब ३४ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै भन्दा बढी अन्य आय भएको पहिलो नम्बरमा लक्ष्मी सनराइज बैंक, दोस्रो नम्बरमा कुमारी बैंक र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकको यस्तो अन्य संञ्चालन आय कम हुने बैंकमा स्टयान्डर्ड चार्टर्ड बैंक, दोस्रोमा माछापुच्छ्रे बैंक र तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।
लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य सञ्चालन आय २१ करोेड ४१ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा यस्तो अन्य सञ्चालन आम्दानी ३४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंकको अन्य सञ्चालित आय १८ करोड १६ लाख ४१ हजार रुपैयाँ पुगेको छ । बैंकको यस्तो अन्य सञ्चालन आय गत वर्षको समीक्षा अवधिमा ८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै भन्दा धेरै आय हुने तेस्रो नम्बरमा परेको राष्ट्रिय वाणिज्य बैंकको अन्य सञ्चालन आय १६ करोड ७० लाख ७६ रुपौयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आय ११ करोड ८५ लाख ५७ हजार रुपैयाँ मात्रै थियो ।
त्यस्तै कृषि विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य सञ्चालन १३ करोड ३२ लाख ३९ हजार रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा ५ करोड ५० लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको अन्य सञ्चालन आय ११ करोड ९८ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो अन्य सञ्चालित आम्दानी १३ करोड ५७ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८४ लाख ४२ हजार रुपैयाँ अन्य सञ्चालन आय रहेको एनआईसी एसिया बैंकको चालु आर्थिक वर्षको समीक्षा अवधिमा ११ करोड ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एसिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक भएको विवरण हेर्दा अन्य सञ्चालन अय बराबरी जस्तै देखिएको छ ।
नेपाल बैंकको अन्य सञ्चालन आय १० करोड १४ लाख १९ हजार, सिद्धार्थ बैंकको ९ करोड ५२ लाख ४४ हजार, प्रभु बैंकको ८ करोड ३७ लाख ३८ हजार, एनएमबि बैंकको ७ करोड ४७ लाख ५५ हजार, सानिमा बैंकको ७ कारोड ३५ लाख, प्राइम बैंकको ६ करोड ९३ लाख १८ हजार, नबिल बैंकको ५ करोड ४४ लाख १७ हजार, एभरेष्ट बैंकको ३ करोड १३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई र्बैंकको ३ करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा १९६ रुपैयाँ मात्रै थियो । बैंकको गत वर्षको सोही अवधिको तुलनामा यस्तो अन्य सञ्चालन आय ३१.१५५ रुपैयाँले बढेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य सञ्चालन आय २ करोड ७३ लाख रहेको सिटिजन्स बैंकको चालु आर्थिक वषको सोही अवधिमा २ करोड ८७ लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत आवको समीक्षा अवधिको तुलनाकम ४९.४९९ रुपैयाँले बढेको हो ।
त्यसै गरी ग्लोबल आइएमई बैंकको अन्य सञ्चालन आय २ करोड ३३ लाख ९१ हजार रुपैयाँ रहेकोे छ । गत आवको सोही अवधिमा बैंकको यस्तो अन्य सञ्चालन आय १ करोड १० लाख ४२ हजार रुपैयाँ मात्र थियो ।
माछापुच्छ्रे बैकको अन्य सञ्चालन आय १ करोड ९३ लाख ७६ हजार रुपैया रहेको छ । बैंककोे गत वर्षको सोही अवधिमा यस्तो अन्य सञ्चालन आय १ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य सञ्चालन आय २ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको हिमालयन बैंकको चालु वर्षको सोही अवधिमा १ करोड १८ लाख २२ हजार रुपैयाँ रहेको छ ।
अन्य बैंकहरूको तुलनामा सबै भन्दा कम अन्य सञ्चालन आय भएको स्ट्यान्डर्ड च्यार्टर्ड बैंक रहेको छ । बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य सञ्चालित आम्दानी ५ लाख रुपैयाँ मात्रै रहेको छ । गत वर्षको समीक्षा अवधिमा बैंकको यस्तो अन्य सञ्चालन आय २ लाख ४६७ रुपैयाँ मात्र रहेको थियो ।