गण्डकी प्रदेश बहुवर्षीय ठेक्काका लागि ६८ आयोजना छनोट

म्याग्दी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय ठेक्का लगाउन ६८ योजना छनोट गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरको आइतबार भएको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले सडकका ३५ र सडक पुलका ३३ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाउन सिफारिस गरिएको जानकारी दिए ।

‘२०७४÷०७५ मा ठेक्का लागेका अधिकांश योजना यही वर्ष सकिँदैछन् । सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौँ’, उनले भने ‘यस वर्ष सडक र सडक पुलका ६८ वटा नयाँ योजनाको बहुवर्षीय ठेक्का लगाउन मन्त्रालयले निर्णय गरिसकेको छ ।’

मन्त्री जुग्जालीले चालु आवमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच÷पाँच करोड बराबरको सडक आयोजनाको पनि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको जानकारी दिए । चालु आवमा विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चिततन र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिए ।

म्याग्दीमा पाँच करोड बजेट विनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई २५ करोड, चार÷चार करोड बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई २०/२० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वानको तयारी भएकोे छ ।

दुई/दुई करोड बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरंजा सडकका लागि पनि १०/१० करोड बजेटको स्रोत सुनिश्चितता भएको मन्त्री जुग्जालीले बताए ।

म्याग्दीका छ वटा स्थानीय तहको ४५ मध्ये धवलागिरी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, संघीय सरकार र गाउँपालिकाले दुई÷दुई करोड बजेट विनियोजन गरेका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुलको योजना बुहवर्षीय ठेक्का लगाउन छनौट भएको मन्त्री जुग्जालीले बताए ।

मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर ३ अर्चेखोलामा मोटरेबल पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स