एमाले नेता योगेश भट्टराई सवार गाडीमा ढुंगा प्रहार

ताप्लेजुङ । नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुंगा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुंगा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ । प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुंगा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । ढुंगा प्रहारबाट अन्य क्षति भएको छैन ।

यसअघि आजै बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवास अघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स