एकै साथ पायो हिमालयन एभरेष्ट इन्स्यारेन्सले दुई अवार्ड, यहि आवमा चार सम्मान

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई भारतमा एकसाथ दुई सम्मान प्राप्त भएको छ । हिमालय एभरेष्ट उत्कृष्ठ लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)’ अवार्डबाट सम्मानित भएको कम्पनीले जनाएको छ । उक्त अवार्ड हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले थापेका थिए ।

भारतीय चेम्बर अफ कमर्शले बिहीबार साँझ एक कार्यक्रम आयोजना गरी उक्त सम्मान दिएको सीईओ शाहले जानकारी दिए ।

हिमालयन एभरेस्टले पछिल्लो समय वर्षेनी अन्तर्राष्ट्रिय अवार्डहरू हात पार्दै आएको छ । यसअघि पनि सिंगापुरमा ‘इन्स्योरेन्स एसिया’ले दुई वटा प्रतिष्ठित सम्मानद्वारा हिमालयन एभरेस्टलाई सम्मानित गरेको थियो । गत साउन १३ मा कम्पनीले सिंगापुरमा दुई अवार्ड थापेको थियो ।

नेपालमा बीमाको समावेशीकरणमा नेतृत्वदायी भूमिका खेलेको भनेर ‘इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल’ अवार्ड पाएको थियो । त्यस्तै नविन बीमा योजनाहरू कार्यान्वयनमा ल्याएको भनेर ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल’ अवार्ड पनि हिमालयन एभरेस्टले नै हात पारेको थियो ।

हिमालय एभरेष्ट कम्पनी मर्ज भएको बनेको यो कम्पनीले निर्जीवन बीमा कम्पनीमा आफ्नो उपस्थितिलाई अझ बलियो र सशक्त बनाएको छ । व्यवसाय तथा केल सेटलमेन्टका हिसावले पनि कम्पनी अब्बल देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स