वाणिज्य बैंकहरूको सञ्चालन आय ६१ अर्ब २ करोड रुपैयाँ

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकहरूले सञ्चालन आय ६१ अर्ब नाघेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन आय ६१ अर्ब २ करोड ४३ लाख हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो आय ५९ अर्ब ८ करोड ४२ लाख रहेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकहरूको आय १ अर्ब १८ करोड २ लाखले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै भन्दा बढी सञ्चालन आय भएको पहिलो स्थानमा ग्लोबल आईएमई बैंक परेको छ भने दोस्रोमा नबिल बैंक र तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैक रहेको छ । बैंकहरूको यस्तो आय कम हुने बैंकमा नेपाल एसबिआई बैंक, दोस्रोमा सिटिजन्स बैंक र तेस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक परेको छ ।

ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजानिक गरेको वित्तिय विवरण अनुसार सञ्चालित आय ५ अर्ब ७० करोड ९ लाख रहेको छ । बैंकको गत वर्षको सोही अवधिामा यस्तो आय ३ अर्ब ८७ करोड ४ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको सञ्चालन आय ५ अर्ब ११ करोड ३ लाख पुगेको छ । बैंकको गत वर्षको समीक्षा अवधिमा यस्तो आय ४ अर्ब ४९ करोड ७ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको सञ्चालन आय धेरै हुनेमा तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आय ४ अर्ब ७९ करोड १ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो आय २ अर्ब ७० करोड २ लाख रुपैयाँ थियो ।

कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन आय ३ अर्ब ९७ कारोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकको गत आवको समीक्षा अवधिमा २ अर्ब ३८ करोड २ लाख रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै एनआईसी एसिया बैंकको आय ३ अर्ब ६३ करोड ७ लाख रुपैयाँ खुम्चिएको छ । बैंकको यस्तो आय गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड १ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको सञ्चालन आय ३ अर्ब ५८ करोड ५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ५० करोड ३ लाख, प्रभु बैकको ३ अर्ब २७ करोड ५ लाख, राष्ट्रिय वाणिज्य बैकको २ अर्ब ९१ करोड १ लाख, एनएमबि बैंकको २ अर्ब ८६ करोड ८ लाख, नेपाल बैंकको २ अर्ब ६४ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

प्राइम बैंकको २ अर्ब ६२ करोड २ लाख, कृषि विकास बैंकको २ अर्ब ५० करोड ६ लाख, सिद्धार्र्थ बैंकको २ अर्ब ४७ करोड २ लाख, एभरेष्ट बैंकको २ अर्ब ३८ करोड १ लाख र सानिमा बैंकको १ अर्ब ९९ करोड ५ लाख, माछापुच्छ्रे बैंकको १ अर्ब ८० करोड २ लाख रुपैयाँ सञ्चालन आय पुगेको छ ।

चालु वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकको सञ्चालन आय १ अर्ब ६९ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकको गत वर्षको सोही अवधिमा १ अर्ब ६७ करोड ९ लाख रुपैयाँ सञ्चालन आय थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकहरू मध्य तिन बैंक नेपाल एसबिआई बैंक, सिटिजन्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको यस्तो आय अन्य बैंकको भन्दा कम देखिएको छ ।

सिटिजन्स बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड १ लाख रुपैयाँ आय पुगेको छ । गत वर्षको समीक्षा अवधिमा बैंकको आय १ अर्ब ६८ करोड ४ लाख रुपैयाँ थियो । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ७७ करोड ३ लाख रुपैयाँ आम्दानी पुगेको छ । बैंकको गत वर्षको सोही अवधिकोमा १ अर्ब ७८ करोड ९ लाख मात्रै आय थियो । यी दुई बैंकको सञ्चालन आय उस्तै देखिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स