नेप्से ९ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ४४ लाख २० हजारको कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बुद्धभूमि हाइड्रोपावरको ९.९७%, थ्री स्टार हाइड्रोपावरको ८.५८%, सिक्लेस हाइड्रोपावरको ८.५४%, सानिमा रिलायन्स इन्स्योरेन्सको ८.२५%, सानिमा जीआईसी इन्स्योरेन्सको ६.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, नबिल बैंकको ८.२०%, किसान लघुवित्तको ५.७८%, सर्पोट माइक्रोफाइनान्सको ५.३४%, माहुली लघुवित्तको ४.५३%, हिमालयन लघुवित्तको ३.७३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स