उन्नति सहकार्य लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने, ११ लाख भन्दा बढीको हात खाली हुने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको एफपीओ भोलि मंसिर ८ गते शुक्रबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका थिए । जुन कम्पनीले निष्काशन गरेको सेयरको ६९.७३ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १७ हजार ८४५ जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुने भएको छ ।

लघुवित्तले कार्तिक २१ गतेदेखि कार्तिक २४ गतेसम्म एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता एफपीओ निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण सेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स