मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको सेयर बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले कम्पनीको आईपीओ आज मंसिर ७ गते बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कार्तिक १० देखि कार्तिक २४ सम्म १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस निष्काशनमा ३१ हजार १९ सय ६ जना आवेदन प्राप्त भएको थियो ।जस मध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१ हजार १ सय ९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँट गरिएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको छ । जस अनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर पाएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स