सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मंसिर ०५ गते मंगलबार काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतका दरले हुने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैंयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स