अर्थतन्त्रका सूचक सकारात्मक देखिएपनि दवावमुक्त नभएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौँ इण्डिकेटरहरू सकारात्मक देखिएका बताएका छन् । सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको मंगलबारको छलफलमा प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्रका सूचकहरू सकारात्म देखिएपनि दवावमुक्त भने नभएको बताएका हुन् ।

‘तर, अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन,’ उनले भने, ‘धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ । त्यसैले हामी सबै मिलेर अर्थतन्त्र सुधार्न पक्षमा लाग्नु पर्यो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रका प्रतिनिधिलाई आश्वस्त पार्दै उनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको पनि बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स