साइमेक्स इंकद्वारा जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावितहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान

काठमाडौं । साइमेक्स इंक.ले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री को.लि.को अधिकृत वितरक साइमेक्स इंक.प्रा.लि. ले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ ।

जस अन्तर्गत हरेक बीवाइडी डल्फिन बुक गरेमा १०,००० रुपैयाँ र बीवाइडी एटो ३ बुक गरेमा २०,००० रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुनेछ । यो योजना मङ्सिर २३ गते सम्म लागु हुनेछ । यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

साइमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफÞॉर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ ।’

कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावितहरुका लागि भनि प्रदान गरेका थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो कठिन समयमा हामी जाजरकोट र रुकुम पुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ। भूकम्प प्रभावितहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो ।’

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स