काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको १३.३० प्रतिशत दरका कुल १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।