एनआईसी एशिया ग्रोथ फण्ड-२ का इकाईहरु बिक्री खुला

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड-२ बिक्री खुला भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

क्यापिटलको ग्रोथ फण्डमा मंसिर ४ गते आजदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरले आवेदन दिन सकिनेछ ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको बताइएको छ ।

जसमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । यो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिने समय तोकिएको छ । यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्ने तयारी क्यापिटलले गरेको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ७ वर्ष अवधिको यो फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब एवं एपबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स