हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशनपछि ३ प्रतिशतले घटायो ब्याजदर

काठमाडौं । हिमालयन बैंकले मुद्दती निक्षेपको संस्थागत र व्यक्तिगत दुबै ब्याजदर घटाएको छ । बैंकले संस्थागत निक्षेपमा ३ प्रतिशतले घटाएको हो । बैंकले राष्ट्र बैंकको निर्देशन पालना गर्दै संशोधित नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले यसअघि संस्थागत निक्षेपमा अधिकतम ११.६७ प्रतिशत ब्याजदर सार्वजनिक गरेको थियो । जसलाई ३ प्रतिशतभन्दा बढीले घटाएर ८.३६ प्रतिशत कायम गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दतीमा समेत ब्याजदर घटाएको छ । यसअघि १०.५० प्रतिशतसम्म ब्याजदर दिने भनेकोमा सा ब्याजदरलाई घटाएर हाल ९.३६ प्रतिशत कायम गरेको छ ।

साधारण बचततर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले संशोधित ब्याजदर आफ्नो वेव साइटमार्फत् सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स