ग्लोबल आईएमई बैंकको संशोधित ब्याजः संस्थागत घट्यो, व्यक्तिगत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेपको नयाँ संशोधित ब्याजदर सार्वजनिक गरेको छ । बैंकले संस्थागत निक्षेपमा ब्याजदर घटाएको छ भने व्यक्तिगत निक्षेपमा ब्याजदर बढाएको छ ।

राष्ट्र बैंकले निर्देशन दिएको समय सीमाभित्र बैंकले संशोधित ब्याजदर सार्वजनिक गरेको हो । बैंकले यसअघि सार्वजनिक गरेको ब्याजदर ०.१४ प्रतिशतले घटाएर ब्याजदर सार्वजनिक गरेको हो ।

यसअघि बैंकले कात्तिक महिनामा लागू निक्षेपको अधिकतम ब्याजदर ९.५० प्रतिशत दिने घोषणा गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बैंकले निर्धारित सीमामा ब्याजदर ल्याउनको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । हाल अधिकतम मुद्दती निक्षेपमा ९.३६ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकद्वारा परिमार्जित निक्षेपको ब्याजदरअनुसार अब संस्थागत मुद्दतीमा बैंकले ८.३६ प्रतिशत ब्याज दिनेछ । यसअघि बैंकले सो खातामा ९.५० प्रतिशत दिने ब्याजदर घोषणा गरेको ।

व्यक्तिगत मुद्दतीतर्फभने बैंकले ब्याजदर बढाएको छ । यसअघि ९ प्रतिशत मात्र ब्याज दिने तय गरेको बैंकले अब संस्थागतको भन्दा १ प्रतिशत बढी अर्थात् ९.३६ प्रतिशत ब्याजदर दिने भएको हो ।

यसैगरी बैंकले साधारण बचतमा समेत राष्ट्र बैंकले तोकेको निक्षेपको स्प्रेडदर कायम गर्दै अधिकतम ४.५० प्रतिशत ब्याजदर दिने जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स