१८ मुलुका निर्माण व्यवसायीहरूको सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको नेपालमा सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर (इफाप्का)को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन ५ मंसिरदेखि काठमाडौंमा हुने भएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार सम्मेलन ५–९ मंसिरसम्म सञ्चालन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै महासचिव रोशन दाहालले ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको जानकारी दिए ।

उक्त सम्मेलनको उद्घाटन ६ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स