बैंकहरूबीच १० प्रतिशतभन्दा बढी ब्याजदर नदिने सहमति, आजै नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरू

काठमाडौं । बैंकहरूबीच मुद्दती निक्षेपको ब्याजदरमा उच्च उतारउढाव भएपछि यसलाई रोक्न तथा राष्ट्र बैंकको निर्देशनलाई परिपालना गर्न नेपाल बैकर्स संघले १० प्रतिशतभन्दा बढी ब्याजदर नदिने सहमति गरेका छन् । बुधबार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा अधिकतम १० प्रतिशत मात्र ब्याज दिने भद्र सहमति गरेको नेपाल बैकर्स संघले जानकारी दिएको छ ।

निक्षेपको ब्याजदरको विषयलाई लिएर बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि मंगलबार राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंकहरूलाई असोज महिनाका ब्याजमा अधिकतम १० प्रतिशतसम्म थपेर वा घटाएर मात्र कार्तिक महिनाको ब्याजदर निर्धारण गर्न निर्देश गरेको छ । संस्थागत मुद्दती निक्षेपको ब्याज व्यक्तिगतको भन्दा १ प्रतिशत बिन्दुले कम हुनु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकको निर्देशन आउनु अघि १३ वटा बैंकले अघिल्लो महिना कायम ब्याजदरमा एक–तिहाइ (३० प्रतिशत) सम्मले वृद्धि गरेका थिए ।

राष्ट्र बैंकको निर्देशन पछि स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदै छन् । राष्ट्र बैंकले दिएको निर्देशनअनुसार र संघमा बैकर्सबीच भएको सहमतिमै बैंकहरुले आज साँझसम्म समायोजित नयाँ ब्याजदर सार्वजनिक गर्ने बुझिएको छ ।

नियामक निकाय राष्ट्र बैंकको निर्देशन र संघको सहमति अनुसार कार्तिक महिनामा १० प्रतिशतभन्दा बढी ब्याज बढाएका बैंकहरूले आजै सो बढेको ब्याजदर घटाउने छन् ।

यस्तोे थियो बैंकहरूले सार्वजनिक गरेको कार्तिक महिनाको ब्याजदर (सूची सहित)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स