काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले समिक्षा अवधिसम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको छ । गत आवमा कम्पनीले १७ करोड ८३ लाख नाफा गरेको थियो । यो गत आवको तुलनामा ३५.३८ प्रतिशतले बढी हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १२.८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा कुल ५ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो । चालू आवमा उक्त आम्दानी बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात ३२.३० गुणा र प्रतिसेयर नेटवर्थ १२१.६२ रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ छ ।