बाढी पहिरोबाट निधन हुनेका परिवारलाई दुई लाख राहत

काठमाडौं । सरकारले बाढी पहिरोबाट निधन हुनेका परिवारलाई दुई लाख राहत दिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले एकै परिवारका दुई सदस्य निधन भएमा तीन लाख राहतस्वरुप दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी बाढी पहिरोका कारण आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने भएको छ । परिवारमा सोभन्दा बढी सदस्य भएमा २० हजार दिइने छ । यसैगरी विपद्मा परी घाइते भएकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको उनले सुनाए । पछिल्लो समय एक्कासी मौसम परिवर्तन भई गएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा भएको क्षतिका विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

विषयगत मन्त्रालयलाई क्षतिको विवरण संकलन गरी तत्काल प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको छ । संघ, प्रदेश र स्थानीय सरकारका विभिन्न निकायलाई राहत र उद्धारमा जुट्न सरकारले अनुरोध गरेको छ । विपद्मा स्वतःस्फूर्त खटेका सबैलाई सरकारले धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स