सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १२८.३८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको नाफा १२८.३८ प्रतिशतले वृद्धि भई ११ करोड ८ लाख पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५१ करोड कुल बीमाशुल्क कमाएको छ । कुल बीमाशुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमा वापत खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्क आर्जनको वृद्धि समेत १६०.१६ प्रतिशतले बढी हो ।

कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत १५ करोड १२ लाख खर्र्चिएको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । कुल ४ अर्ब १८ करोड चुक्ता पूँजी भएको सानिमा रिलायन्सको सञ्चित मुनाफा ८२ करोड ४६ लाख छ ।

अन्य इक्वीटी १ करोड ९९ लाख पुगेको छ भने जीवन बीमा कोष गएको असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले बढेर ११ अर्ब ८२ करोड पुगेको छ । असार मसान्तमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १०.६० रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२२.७६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स