चर्चित टिकटक एप प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार अधिवक्ता दिनेश त्रिपाठी  रिट लिएर सर्वोच्च अदालत गएका हुन् ।

अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ ।

पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स