प्रभु इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा २१ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा ४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

सेयर पूँजी १ अर्ब ३७ करोड रुपैयाँ भएको कम्पनीको महाविपत्ती जगेडा कोषमा ८ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको संचीति जगेडा कोषमा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले समिक्षा अवधिमा ४४ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बढी हो ।

कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २९ करोड १४ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले ८१ लाख १६ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले १२ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो १.७३ रहेको छ । प्रति सेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स