महान चाड तिहारको अवसरमा लक्ष्मी सनराइजमा उत्सव

काठमाडौ । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पु¥याउने बैंकको लक्ष्य रहेको छ ।

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ । यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु हुने सहभागीहरुमध्ये उत्कृष्ट प्रथम भिडियालाई ५०,००० हजार, दोस्रो स्थानमा रहेको भिडियोलाई ३०,००० हजार र तेस्रो स्थानमा रहेको भिडियोलाई १५,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स