रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितलाई ५ लाख बराबरको न्यानो कंमल सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट नलगाड नगरपालिका, जाजरकोटलाइ ५ लाख बराबरको न्यानो कंमल सहयोग गर्ने भएको छ ।

कार्तिक २७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

कम्पनीले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा कम्पनीले सम्पूर्ण पिडित र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने हौसला मिलोस् भनेर कामना गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ-आफ्नो तरिकाले सक्दो साथ र सहयोग गरिदिन कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स