काठमाडौं । यसपालिको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुक मार्फत यसपालिको तिहारमा काठमाडौं जिल्लामा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने जानकारी गराएका हुन् ।
मेयर शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने र महानगर नगरप्रहरीले सुरक्षा प्रदान गर्ने बताएका छन् ।
उनका अनुसार विगतको वर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राति ९ बजे सम्म मात्र थियो । यस वर्ष भने राति १ बजेसम्म अनुमति दिईएको उनले बताएका छन्।
उनले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन पनि अनुरोध गरेका छन् ।