हिमालयन बैंकद्वारा भुकम्प पिडितहरुका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

बंैकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको हो ।

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पु¥याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स