यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख ३३ हजारको कित्ता सेयर ८३ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सयपत्री हाइड्रोपावरको ६.९६%, सनराइज ब्लु चीप फण्डको ५.८५%, ओरियन्टल होटल्स्को ४.०३%, समाज लघुवित्तको ३.८७%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, माउन्टेन इनर्जी नेपालको ६.५८%, एसबिआई बैंकको ६.४३%, माया खोला हाइड्रोपावरको ६.३७%, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ५.४०%, मेन्छियाम हाइड्रोपावरको ५.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स