उन्नति सहकार्य लघुवित्तको एफपीओमा दोस्रो दिन कति पर्यो आवेदन ?

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोस्रो दिन ३९.५९ बढी गुणा आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्ममा कम्पनीको एफपीओमा ६ लाख २६ हजार १५७ जना आवेदकको ७० लाख ६६ हजार ५६० कित्ताका लागि आवेदन परेको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ३९.५९ गुणा बढी हो ।

लघुवित्तले कार्तिक २१ गतेदेखि एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१।१८ कित्ता एफपीओ निष्काशन गरेको हो ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको एफपीओमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण सेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स