राडीपाखीको व्यवसायबाटै वार्षिक ७ लाख कमाउँछन् सिन्धुपाल्चोकका शिव गुरुङ, लोप हुन लागेकोमा चिन्ता

काठमाडौं । पैसा कमाउन पढ्नु पर्दैन्, पुख्यौली राडीपाखी पेसाबाटै वार्षिक ७ लाख कमाउँछन् सिन्धुपाल्चोकका शिव गुरुङ । पढ्न लेख्न नसकेपछि उनीसँग गरिखाने सीपमा यहि राडीपाखी थियो । यहिबाट उनी र उनको परिवारको गुजारा चलेको छ । ‘यो नहुने पेशा होइन, राम्रो पेशा हो , तर, पहिला हेरेर अहिले त्यति राम्रो छैन ’ गुरुङ सुनाउँछन् ।’

राडीपाखी उद्योग लोप हुँदै गएको छ । राडीपाखी पेशा गुरुङ समुदायको एक पहिचान पनि हो । भेडाको ऊनबाट बन्ने पराम्परागत राडीपाखीको स्थान पछिल्लो समय विदेशी गलैंचाले लिने गरेको छ । विशेष गरी पूजा, आजामा राडीपाखी शुद्ध मानिन्छ र त नि यी वस्तुको महत्व नेपाली समाजमा मर्न सकेको छैन र जीवन्त छ ।

सिन्धुपाल्चोकका शिव गुरुङ ले पढ्न पाएनन् । यहि राडीपाखी बुनेर उनले जीविकोपार्जन गर्दै आएका छन् । सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका वडा.नं.८ स्थित घर भएका शिव गुरुङ भन्छन्, ‘पुखौली बाउबाजेले गरेको काम हो । मैले पनि यहि पेशा गरिरहेको छु । पछि यो लोप हुँदै जाने अवस्थामा छ ।’

पहिलेको जस्तो व्यापार व्यवसायी हुँदैन्, धेरै दुःखको काम हो । उनी भन्छन्, ‘जागीर खान सकिएन, दुःखःसुख यहि क्षेत्रमा लागि रहेको छु, धेरै कमाइ त हुँदैन्, खानेबाटो भएको छ, वर्षमा ६ र७ लाखको व्यापार हुन्छ ।’

‘भेडाको ऊनबाट बनेको राडीपाखीमा कुनै मिसावट हुँदैन । हामीले हिमालको फेदबाट भेडाको ऊन ल्याएर बुन्छौ । पहिलाको हेरि अहिले अलि सजिलो भएको छ ।’ उनले भने, ‘कन्ट्रयाकमा सामान आउछ, तर केही महँगो पर्छ । ग्राहकहरूले यति महँगो तिरेर राडीपाखी किन्नु भन्दा सस्तोमा पाइने गलैचा म्याटहरु किन्न नै ठिक ठान्ने भएकोले व्यापार गर्न गाह्रो भएको छ ।’

आधुनिक गलैंचाले बजार ओगटेको र भेंडाको ऊन समेत पाउन मुस्किल परेको कारण राडीपाखीले बजार पाएको छैन । पुख्र्यौली पेशा भएपनि यसको कुनै निश्चित बजार छैन । बजारमा स्वदेशी तथा विदेशी आधुनिक गलैंचा प्रशस्त पाइए पनि राडीपाखी प्रति मानिसको आकर्षण भने उत्तिकै रहेको छ ।

अर्का राडी व्यवसायी शिवराज गुरुङ भन्छन्, ‘दुःख गरेर बनाएको राडीले बजार मूल्य पाए सहज हुन्थ्यो । बाटोमा बोकेर बेच्नु पर्ने बाध्यता रहेको छ । ग्राहकलाई सामान देखायो काम छैन् भनिदिन्छन ।’

‘जागीर खान सकिएन, अरू कुनै व्यापार व्यवसायी नै छैन्, महिनौ दिन लगाए विभिन्न जिल्लामा गएर यही व्यवसायी गरी छोरा, छोरीलाई पढाएको छु बिहान, बेलुका खान, बस्न पुराएको छु ’, उनले सुनाए ।

शिवराज भन्छन्, ‘पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा माग घटेकाले बिक्री हुन छाडेको छ । बजारमा साईज अनुसारको राडी एक हजार देखि १५र२० हजार सम्ममा बिक्री हुने गरेको छ ।’ यसमा कुनै मूल्य राखिएको हुँदैन, यो घुमन्ते व्यापार हो । बजारमा पाइने गलैंचा, कम्बल, म्याट लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनको भनाइ छ ।

विशेषगरी गुरुङ जातिको पुख्र्यौली पेशासँग जोडिएको राडीपाखीको महत्व जन्मदेखि मृत्यु संस्कारसँग समेत गाँसिएको उनको भनाइ छ । भेडाको ऊन काटेर धागो बनाई घरमै गर्न सकिने यो पेशा विस्तारै लोप हुँदै गएकोमा गुरुङको दुखेसो गरे । धेरै हिसाबले फाइदाजनक भए पनि राडीपाखीको महत्व बुझ्न नसक्नु र सरकारी निकायले समेत चासो नदिनुले संस्कार नै लोप हुन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स