यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ५७ हजारको कित्ता सेयर ७८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने २२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई लघुवित्तको ८.०७%, पिपल्स् हाइड्रोपावरको ७.४०%, नेपाल एसबीआई बैंकको ७.३२%, भगवती हाइड्रोपावरको ६.७६%, मान्डु हाइड्रोपावरको ६.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.३८%, साम्लिङ पावर कम्पनीको ५.५३%, एनआईसी एशिया ग्रोथ फण्डको ४.९२%, इमर्जिङ नेपालको ४.८१%, मिथिला लघुवित्तको ३.८६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स