नेप्से सामान्य अंकले बढ्दा सोनापुर मिनरल्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ५७ हजारको कित्ता सेयर ७८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने २२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन बैंक प्रमोटर सेयरको ५ करोड २३ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ६० लाख, सानिमा जीआईसी इन्स्योरेन्सको २ करोड ६४ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स