काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम कायम भएको छ ।