काठमाडौं । अब बैंकहरूको ब्याजदर सस्तो हुने भएको छ । चालु आवको पहिलो त्रैमास बैंकहरूले बेसरेट (आधारदर) घटाएर वित्तीय विवरण सार्वजनकि गरेका छन् । बैंकहरूले बेसरेट घटाएर प्रकाशन गरेपछि कर्जाको ब्याजदर पनि घट्ने देखिएको हो । बेसरेट कम हुने बैंकको ब्याजदर कम हुन्छ भने माथि हुनेको ब्याजदर पनि कम हुने बैंकको तुलनामा बढी हुन्छ ।
आधारदर घट्दा तथा बढ्दा यसको प्रत्यक्ष असर ब्याजदरमा पर्ने हुँदा चालु आवको बाँकी महिनामा यसरी नै बेसरेट घट्दै जाने हो भने कर्जाको ब्याजदर पनि क्रमशः घट्दै जानेछ ।
देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले औसत बेसरेट ९.९९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकहरूको आधारदर औसतमा १३.३८ प्रतिशत थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा बैंकहरूको बेसरेट ३.३८ प्रतिशतले घटेको छ । बेसरेट घट्दा बैंकहरूको ब्याजदर पनि घट्ने देखिएको हो । गत आवको अन्त्यको भने वाणिज्य बैंकहरूको औसत आधारदर १०.०४ प्रतिशत रहेको थियो । २०८० असारको तुलनामा असोजमा बेसरेट घटेको हो ।
चालु आवको पहिलो त्रैमाससम्म ११ वाणिज्य बैंकहरूको बेसरेट १० प्रतिशतभन्दा माथि छ भने ७ वटा वाणिज्य बैंकको बेसरेट ९ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । बाँकी दुई बैंकको बेसरेट भने ८–९ प्रतिशतको बीचमा रहेको छ ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आम ग्राहकलाई कर्जा लिनको लागि सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकले उपलब्ध गराउने छ भने त्यसपछिको सस्तो कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने भएको छ । किनकी यी दुई बैंकको बेसरेट अन्यको बैंकको तुलनामा कम छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर (बेसरेट) घटेर ८.४२ प्रतिशमा सीमित भएको छ । गत चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको आधारदर ९.२६ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको आधारदर ९.०२ प्रतिशत थियो ।
राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो बेसरेट घटाएर ८.७० प्रतिशतमा सीमित गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधारदर ८.८५ प्रतिशत थियो भने गत वर्षको अन्त्यमा बैंकको बेसरेट ७.७९ प्रतिशतमात्रै थियो । गत आवको अन्त्यको तुलनामा अर्थात २०८० असारमा बैंकको आधारदर अहिलेको भन्दा तल थियो ।
नेपाल बैंकको पनि पहिलो त्रैमासमा आधारदर (बेसरेट) बढेर ९.१९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो दर ८.९२ प्रतिशत रहेको थियो । गत वर्षको अन्त्यसम्म भने बैंकको आधारदर ९.९२ प्रतिशत थियो ।
त्यसैगरी सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको समीक्षा अवधिमा बेसरेट घटेर ९.५३ प्रतिशतमा सीमित भएको छ । गत अवको सोही अवधिमा १०.४३ प्रतिशत आधारदर थियो । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा हेर्ने हो भने ९.९१ प्रतिशत रहेको थियो ।
नबिल बैंकको आधारदर ९.५८ प्रतिशतले बढेको छ ।गत आवको सोही अवधिामा बैंकको आधारदर ९.४५ प्रतिशत रहेको थियो । गत वर्षको अन्त्यसम्म बैंकको आधारदर ९.५२ प्रतिशतमा सीमित थियो ।
एभरेष्ट बैंको आधारदर भने ९.७० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको आधारदर ९.३० प्रतिशतमात्रै थियो । गत आर्थिकको वर्षको अन्त्यमा बैंकको यस्तो दर ९.४७ प्रतिशत थियो ।
सानिमा बैंककोे चालु आर्थिकको वर्षको पहिलो त्रैमासमा ९.७५ प्रतिशत आधारदर रहेको छ । गत आवको सोही अवधिमा बैंकको १०.५० प्रतिशत बेसरेट थियो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आधारदर १०.१५ प्रतिशत थियो ।
एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९.८५ प्रतिशतले आधारदर रहेको छ । गत वर्षको सोही अवधिमा हेर्ने हो भने बैंकको १०.१५ प्रतिशतले बेसरेट रहेको थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकको आधारदर १०.३७ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधारदर ९.९९ प्रतिशत छ । गत वर्षको सोही अवधिामा ९.१८ प्रतिशत आधारदर थियो । बैंकको गत वर्षको अन्तिममा भने ९.३६ प्रतिशत आधारदर रहेको थियो ।
माछापुच्छ्र्रेको पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.०१ प्रतिशत आधारदर रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको आधारदर १०.३६ प्रतिशत थियो । गत वर्ष अन्तिम अन्त्यमा भने बैंकको आधारदर १०.७४ प्रतिशत रहेको थियो ।
ग्लोबल आईएमई बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.०७ प्रतिशत आधारदर रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा आधारदर १०.१९ प्रतिशत थियो । गत वर्षको अन्त्यमा बैंकको बेसरेट १०.२० प्रतिशत रहेको थियो ।
त्यस्तै प्रभु बैंकको पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.१४ प्रतिशत बेसरेट छ । गत वर्षको सोही अवधिमा बैंकको आधारदर १०.१५ प्रतिशत थियो । गत चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा भने बैंकको बेसरेट १०.१६ प्रतिशत पुगेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंक १०.२५ प्रतिशत आधारदर रहेको छ । गत वर्षको सोही अवधिामा भने बैंकको आधारदर १०.२२ प्रतिशतल रहेको थियो ।
कृषि विकास बैंकको पनि पहिलो त्रैमासमा १०.३८ प्रतिशत आधारदर रहेको छ । गत वर्षको सोही अवधिमा बेसरेट ९.८३ प्रतिशत रहेको थियो । बैंकको आधारदर असारको तुलनामा असोजमा आईपुग्दा बढेको छ । गत वर्षको अन्तिम त्रैमाससम्ममा बैंकको आधारदर १०.०६ प्रतिशत थियो ।
एनआईसी एशिया बैंक औसत आधारदर १०.५६ प्रतिशत रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा बैंकको आधारदर १०.६७ प्रतिशत थियो भने गत वर्षको अन्तिम त्रैमासमा ९.९८ प्रतिशतले बेसरेट थियो ।
यता सिटिजन्स बैंकको पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.६० प्रतिशत आधनरदर रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको बेसरेट ११.१४ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मा १०.५१ प्रतिशत मात्रै औसत आधारदर रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको पनि बेसरेट १०.६४ प्रतिशतमा ओर्लिएको छ । सो बैंकको गत आर्थिक वर्षको सोही अवधिानमा आधारदर १०.९१ प्रतिशत रहेको थियो ।
लक्ष्मी सनराइज बैंकको आधारदर बढेर १०.८० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा हेर्ने हो भने बैंकको आधारदर १०.६६ प्रतिशत थियो । बैंकको गत वर्षको अन्त्यमा १०.७५ प्रतिशत आधारदर रहेको थियो ।
हिमालयन बैंकको पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.८६ प्रतिशत आधारदर पुगेको छ । बैंकको गत आर्थिक वर्षका सोही अवधिमा १०.४३ प्रतिशत मात्र बेसरेट थियो भने गत वर्षको अन्तिममा १०.८६ प्रतिशत आधारदर थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंकको आधारदर घटेर १०.१९ प्रतिशतमा झरेको छ । बैंकको गत आवको सोही अवधिमा १०.९९ प्रतिशत आधारदर थियो । गत वर्षको अन्तिममा बैंकको आधारदर १०.९० प्रतिशत थियो ।